‘रचनाको प्रतिलिपिहरू व्यवस्थित ढंगले नियन्त्रण हुन नसक्दा श्रष्टाहरु निरुत्साहित’
१९ पुष, २०८१, शुक्रवार
- शुक्रबार काठमाडौंमा आयोजित समाजको बाह्रौँ वार्षिक साधारणभामा महासचिव अम्बर बहादुर थापाले कार्यप्रगति र चालु आ.व.को कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेका छन् ।
काठमाडौं : नेपाल बौद्धिक सम्पत्ति संरक्षण समाजले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा मनाएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित समाजको बाह्रौँ वार्षिक साधारणभामा महासचिव अम्बर बहादुर थापाले कार्यप्रगति र चालु आ.व.को कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेका छन् ।
उनले रचयिताको जीवन भर र निजको मृत्यु भएकोमा, मृत्यु भएको बर्षबाट पचास बर्षसम्म संरक्षित रहने व्यवस्था भएतापनि संरक्षित अधिकारको उल्लङ्घन गरि आर्थिक लाभ उठाई रचना वा ध्वनि अन्कनका प्रतिलिपिहरू उत्पादन गरि बिक्रि वितरण गर्ने कार्यहरु भैरहेको बताए ।
यसको नियन्त्रण व्यवस्थित ढंगबाट हुन नसक्दा श्रष्टाहरु निरुत्साहित भएको उनको भनाई छ ।
उनले भने, ‘कुनै पनि रचनालाई प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुन्छ । रचयितालाई प्राप्त आर्थिक र नैतिक अधिकार रचयिताको जीवन भर र निजको मृत्यु भएकोमा मृत्यु भएको बर्षबाट पचास बर्ष सम्म संरक्षित हुन्छ ।
तर पनि संरक्षित अधिकारको उल्लङ्घन गरि आर्थिक लाभ उठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनि अन्कनका प्रतिलिपिहरू उत्पादन गरि बिक्रि वितरण गर्ने कार्यहरु भै आएको पाइन्छ । सो मा नियन्त्रण हुन सकेको छैन भने रोयाल्टीको व्यवस्था पनि व्यवस्थित हुन् नसकेको हुदाँ श्रष्टाहरु उत्साहित रहन सकेका छैनन् ।’
त्यस्तै बौद्धिक सम्पत्ति ऐनको मस्यौदा अहिलेसम्म पनि संसदबाट पारित हुन नसकेको उनले गुनासो गरे ।
उनले भने, ‘बौद्धिक सम्पत्ति ऐनको मस्यौदा २०७६ सालमा अन्तिम चरणमा पुगेर हालसम्म पनि संसदबाट पारित हुन सकेको छैन । यस क्षेत्रमा संलग्न हर व्यक्ति एवं संस्थाको चासो रहेको छ, उद्योग विभाग तथा उद्योग मन्त्रालय पनि ऐन आइदिए हुन्थ्यो भन्ने मा नै रहेका छन् तर आउन सकेको छैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।